काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्ने ४५६ जना कारबाहीमा पर्दा सरकारले साढे ३ लाख राजस्व उठाएको छ। मंसिर महिनामा मात्र ट्राफिक नियम उल्लंघन साढे ४ सय जनालाई कारबाही गरिएको यातायत व्यवस्था विभागले जनाएको छ ।
नियम उल्लंघन गरेबापत १ सय १ वटा सवारी दर्ता किताब (ब्लुबुक), र ३५५ वटा लाइसेन्स नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएको सो ब्लुबुक र लाइसेन्स जरिवाना तिरेर सवारीधनीले फिर्ता लिएका थिए। सोही बापत राज्यको राजस्व आम्दानी साढे ३ लाख बढी भएको हो ।
यातायात व्यवस्था विभागले ट्राफिक नियमको पालना भए नभएको नियमित अनुगमन गर्ने व्यवस्था छ । सोहीअनुसार मंसिर महिनाको अनुगमनबाट मात्र ३ लाख ४८ हजार ७ सय ५० रुपैयाँ ट्राफिक नियम उल्लंघन गर्नेबाट जरिवाना उठाएको हो ।
























