आज पनि शेयर बजारमा दोहोरो अंककै गिरावट, २ अर्ब ८२ करोड बढीको कारोबार
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । लगातार सेयर बजार घट्नेक्रममा मंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ । सोमबार नेप्से परिसुचकमा ४१.०१ अंकले ओरालो लागेको थियो ।