काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेडको सोमबार सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम सोही दिनदेखि लागू हुने गरी संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठीलाई नियुक्ति गरेको छ ।
एन आई सी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त संचालक समितिका अध्यक्ष राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिइएको एनआईसी एशिया क्यापिटल लिमिटेडले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ “यस एन आई सी एशिया क्यापिटलले आ.व. २०७९/०८० को दोश्रो त्रैमाससम्मा रु.५ करोड ६१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आ.व. २०७९/०८० को दोश्रो त्रैमास अन्त्यसम्म एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु संचालन गरिरहेको छ । साथै यस क्यापिटलद्धारा संचालित खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” मा Systematic Investment Plan (SIP)/ Systematic Withdrawal Plan (SWP) समेत संचालन गरिरहेको छ ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी नवीनतम् योजनाहरु संचालन गरीे आ.व. २०७९/०८० को पौष मसान्तसम्ममा ५८६ जना ग्राहकहरुबाट रु.१ अर्व ५६ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइरहेको छ । निक्षेप सदस्य सेवा अन्तर्गत पौष मसान्त, २०७९ सम्म ६ लाख ३० हजार भन्दा बढी डिम्याट खाता खोली ८४ वटा निक्षेप सदस्य कम्पनीहरु मध्ये पहिलो स्थान हासिल गर्न सफल भएको छ । क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत २०७९ साल पौष मसान्तसम्ममा १४ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । साथै क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष संचालन गर्नको लागि स्वीकृति प्राप्त गरिसकेको र विशिष्टीकृत लागनी कोष अन्तर्गतको योजना निकट भविष्यमा ल्याउन लागिएको व्यहोरा जानकारी गराइन्छ ।
हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पु¥याउन डिम्याट तथा मेरो शेयर खाता खोल्ने, नविकरण गर्ने, क्क्ष्ए सहित खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।”























