काठमाडौं । सेयर बजारमा फेरि दोहोरो अंकको करेक्सन आएको छ। नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन बुधबार सेयर बजारमा ३३ अंकले सुधार आएको थियो । सो दिन १ अर्ब ८० करोड मूल्य बराबरको कारोबार भएको थियो।
नेप्से दोहोरो अंकले ओरालो लागे पनि बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ । आज २ अर्ब ५२ करोड २७ लाख १३ हजार १५३ रूपैयाँको सेयर खरिदबिक्री भयो । २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर किनबेच भयो। आज ४८ हजार १०५ पटक कारोबार भयो । ५७ अंक बढीले घटेको बजारमा कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट ब्रेक लागेन ।
नेपाल हाइड्रो पावर र सामलिङ पावरको सेयर मूल्य ४ प्रतिशत बढिले बढ्यो। आज ३९ कम्पनीको मूल्य १० प्रतिशतले ओरालो लाग्यो । कारोबारमा आएका १३ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन् । माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक ९.५४ प्रतिशतले घट्यो ।

























