यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम तर्जुमा गर्न अर्थमन्त्रीको सुझाव
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कार्यान्वयनयोग्य र यथार्थपरक बजेट ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलका क्रममा उनले वितरणमुखी नभई यथार्थपरक र कार्यान्वयनयोग्य योजना तथा कार्यक्रम