नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ४५.८८ अंकले बढेको परिसूचक आज ३५.२२ अंकले घटेर २६८०.४९ विन्दुमा अडिएको छ। नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ।