नेपाली कांग्रेसले नीति तथा कार्यक्रमलाई सुझावसहित समर्थन गर्ने
काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई रचनात्मक र सकारात्मक सुझावसहित समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेसले राष्ट्रिय आवश्यकता झल्कने बुँदाहरू भएकाले समर्थन गर्ने निष्कर्ष निकालेको जानकारी दिए