सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविको रिटमा बहस सकियो, आदेश आउँदै
काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशविरुद्ध रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीले उच्च अदालतमा दर्ता गरेको रिटमा बहस सकिएको छ । उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आदेश खारेजी माग गर्दै पुनरावेदन दिएका