काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा वीरगञ्जमा विशेष छुट उपलब्ध हुने भएको छ ।
किरण आँखा अस्पताल र बैंकबीच सम्झौता भएको समझदारीसँगै एनआईसी एसिया बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने भएको हो ।
बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा OPD, Diagnostics, Surgery, Branded optical / Non-Branded optical सेवा लिँदा छुट सुविधा उपयोग गर्न सकिने बताइएको छ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एसिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

























