काठमाडौं । पोखरा स्थित लिची बगानको जग्गा सम्बन्धी घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नाउपाकीकी अध्यक्ष पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दामा करिब ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको आयोगले जनाएको छ। गुप्ताले बिचौलियासँग घुस सम्बन्धी डिल गरेको अडियो सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको हो ।
सो अडियोमा एमालेका अर्का पूर्वमन्त्री बलराम अधिकारीको नाम पनि समावेश रहेको भए पनि अधिकारीको संलग्नता अझ स्पष्ट नभएकाले अनुसन्धान जारी रहेको र अनुसन्धान पूरा भएपछि पूरक अभियोग दायर गर्न सकिने अख्तियार स्रोतले जनाएको छ ।
























