हिमालयन रि–इन्स्योरेन्सका कामु सीईओ मुकेश कपुरको एक सातामै राजीनामा
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सका कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन्। कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेको एक सातामै उनले पदबाट अलग हुने निर्णय गरेका हुन्। कपुर विगत पाँच वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए।