काठमाडौं । सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको हो। बिहीबार नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको थियो। ४ अर्ब ८९ करोड मूल्य बराबरको कारोबार भएको थियो।
नेप्से घटेसँगै कारोबार रकममा पनि बिहीबारको तुलनामा कमी आएको छ। यसदिन ४ अर्ब २९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। आज ३५६ वटा स्क्रिप्सको १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँमा खरिदबिक्री भए।
एनएमबी डिवेन्चर १०७५ प्रतिशत-२०८९/९० को सेयर सर्वाधिक १४.२९ प्रतिशतले बढ्दा १०.७५ प्रतिशत एसबीएल डिवेन्चर २०८९को ८.८० प्रतिशतले बढ्यो। सिन्धु विकास बैंकको सेयर सर्वाधिक ८.५५ प्रतिशतले घट्यो।
२६ करोड मूल्य बराबरको सेयर कारोबार गरी १०.७५ प्रतिशत एसबीएल डिवेन्चर २०८९ शीर्षस्थानमा रह्यो। रिलायन्स स्पिनिङ्गस मिल्सले १५ करोडको कारोबार गर्दा आँखु खोला जलविद्युतको १४ करोड,घलेम्यादी हाइड्रोपावरको १३ करोड र हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार भयो।
कारोबारमा आएकामध्ये ६१ वटा स्टक्सको मूल्य बढ्दा २०७ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो। म्युचुअल फण्डबाहेक बाँकी अरु समूहको उपसूचक नकारात्मक देखिए।


















