लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी विमानस्थलबाट उड्ने सबै उडानहरूमा वाकीटकी र पेजरहरू प्रतिबन्ध लगाइएको छ ।