चीनमा निर्माणाधीन गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु
जिनान । पूर्वी चीनको शानडोङ प्रान्तमा निर्माणाधीन गोदाममा आगलागी हुनुअघि बेपत्ता भएका ९ जनाको आइतबार बिहान मृत्यु भएको पुष्टि भएको छ। रोङचेङ सहरमा रहेको ल्यानरुन नामक स्थानीय कम्पनीको स्वामित्वमा रहेको गोदाममा शनिबार आगलागी भएको स्थानीय आपतकालीन व्यवस्थापन विभागले जनाएको छ।