भारतमा उपराष्ट्रपति चयनका लागि मतदान सुरु
भारतमा उपराष्ट्रपति चयनका लागि अहिले निर्वाचन मतदान भईरहेको छ । स्थानीय समयानुसार बिहान दश बजे सुरु भएको मतदान बेलुका पाँच बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । मतदानको परिणाम पनि शनिबार (आज) नै सार्वजनिक गरिने बताइएको छ ।