नाइजेरियामा विद्यालय पढ्ने तीन सय छात्रा अपहरणमुक्त
काठमाडौं । उत्तर पश्चिमी नाइजेरियाबाट गत साता अपहरणमा परेका तीन सय विद्यालयमा पढ्ने छात्रा अपहरणमुक्त गरिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जामफ्रा राज्यको जंगिबेस्थित एक निजी विद्यालयमा अध्ययनरत तीन सय छात्रालाई गत साता अज्ञात बन्दूकधारी समूहले अपहरण गरेका थिए ।