पेरुमा पहिरोमा परी ३६ जनाको मृत्यु, कैयौँ बेपत्ता
काठमाडौँ । पेरुमा पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि कैयौँ व्यक्ति हराएका छन् ।