बंगलादेशमा शक्तिशाली विस्फोट, १५ जनाको मृत्यु, एक सय बढी घाइते
काठमाडौँ । बंगलादेशमा एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १५ जनाको शव अस्पतालमा ल्याइएको