नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा
काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग काठमाडौं आइपुगेका छन् । राजदूत चेन सोङ्ग आइतबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान पत्रकार सम्मेलन गर्दै उनले नेपालको विकास, समृद्धि र चिरस्थायी मित्रतामा सहयोग गर्ने बताए ।