प्रस्तावित विधानमाथि माओवादी स्थायी कमिटीमा छलफल हुँदै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ । पेरिसडाँडा, कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । बैठकमा पार्टीको प्रस्तावित विधान संशोधनबारे छलफल हुने जनाइएको छ ।