काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिएका छन् । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘शुभ बिहानी ! नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मान र श्रद्धा व्यक्त गर्दछु । पृथ्वी जयन्तीको सबैमा शुभकामना !’
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै आज देशभर राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।




















