चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित चीनका राष्ट्रपति सी चिनफिनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। मंगलबार बेइजिङमा प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्रीले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन्