नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते
काठमाडौं । नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिनुभयो