विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गर्नुभयो ।
कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उहाँको आरोप छ । उहाँले न्यायालयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको बताउनुभयो । उहाँले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको समेत बताउनुभयो । अहिले देशमा सरकार रहेकोले सरकारविहीन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताउनुभयो । आसन्न अधिवेशनको सभापतिको बारेमा भने उहाँले केही बोल्नुभएन ।