पोखरा–दुबई नियमित हवाई उडान अनुमति
काठमाडौँ । अब पोखरा दुबई नियमित हवाई उडान हुने भएको छ । आगामी भदौ ७ गतेदेखि पोखराबाट फ्लाइ दुबईले नियमित उडान भर्नेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई उडानका लागि अनुमति दिएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए