सभापति देउवाद्वारा सुवालको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी, पूर्वमन्त्री एवं तत्कालीन काठमाडौं नगरपालिकाका मेयर प्रयागराज सिंह सुवालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सुवालको यही वैशाख ५ गते ९३ वर्षको उमेरमा काठमाडौँको झोंछे ओमवहालस्थित आफ्नै निवासमा निधन भएको हो