ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा २ जनाको मृत्यु
काठमाडौँ । ललितपुरको ढोलाहिटीमा दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ । होली खेल्ने क्रममा आइतबार राति दुई समूहबीच झडप भएको थियो । मृत्यु हुनेमा पाँचथरका २८ वर्षीय रोबर्ट राई र सुनसरीका ३० वर्षीय पुजन राई रहेका छन् ।