बाँसवारी सरकारी जग्गा प्रकरणः चाँदबागले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौं । सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। च्याम्पियन फुटवेयर लि.को नाम परिवर्तन भई हाल सि.जि.चाँदवाग रेसिडेन्सी प्रा.लि.को तर्फवाट संजय ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए ।