काठमाडौँमा एकदिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुदै
काठमाडौँ । काठमाडौँमा चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने भएको छ । नेपालस्थित चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौँको बौद्धस्थित होटल हायातमा असार ४ गते मंगलबार एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनीको आयोजना हुने भएको हो ।