मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी प्रदेश स्तब्ध
कास्की, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ । अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गर्नुभएको शोक वक्तव्यमा संविधानसभाको