करको विषयमा फैलिएको भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु : मुख्यमन्त्री गुरुङ
म्याग्दी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रगतिशील कर नीति अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । बेनी नगरपालिकाले बिहीबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले सन्तुलित विकास र समाजवाद उन्मुख राष्ट्र निर्माण गर्न प्रगतिशील कर नीति आवश्यक छ भन्नुभयो । स्थानीय,