स्थानीय निर्वाचन : आफूले बहुमत ल्याउने सबै दलको दाबी
महोत्तरी । नेपाली कांग्रेस महाेत्तरीका जिल्ला सभापति नागेश्वर यादवले एउटा सार्वजनिक कार्यक्रममा आफूहरूले स्थानीय तहको निर्वाचनमा ८० प्रतिशत जित्ने दाबी गरे । अघिल्लो निर्वाचनको भन्दा सांगठनिक संरचना निक्कै बलियो भएको जिकिर गर्दै उनले जिल्लाका १५ पालिकामध्ये १२ मा जित हासिल गर्ने विश्वास व्यक्त