पाँचजनाको निस्सासिएर मृत्यु प्रकरण : शोकमा डुब्यो नल्लु गाउँ
ललितपुर । एकै परिवारका पाँचजनाको निस्सासिएर मृत्युपछि ललितपुरस्थित कोन्ज्योसोम–४ को नल्लु गाउँ शोकमा डुबेको छ । ललितपुरको महालक्ष्मीस्थानस्थित गणेशमान मेमोरियल अस्पतालमा मृतक परिवारका भाइ सोनाम स्याङ्तान निराश अवस्थामा भेटिए । उनले भने, ‘यस्तो घटना जीवनमा कहिल्यै देखेको सुनेको थिइँन ।