‘इज्जत जोगाउन’ छोरीको हत्या गराउने बाबु पत्नीसहित प्रहरी खोरमा
रौतहट । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ ।