कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लंघनका मौखिक उजुरी बढी
कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा कञ्चनपुरमा निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् । लिखित उजुरी भने न्यून सङ्ख्यामा मात्रै दर्ता भएका छन् । निर्वाचन आचारसंहिता अनुगमन समितिले मौखिक रूपमा आएका आचारसंहिता उल्लंघनका उजुरी