कानुनमन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
कैलाली । मंगलबार जीप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिइएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली