जाजरकोटमा पहिरो : तीन जनाको मृत्यु, दुई बेपत्ता
काठमाडौँ । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी दुई जना अझै बेपत्ता छन् भने ११ जना घाइते भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा बेपत्ता