“सरकार अहिले विकास र समृद्धिकै दिशामा अघि बढेको छ, : मन्त्री अर्याल
परासी, भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सरकारले रामग्राम स्तुपको विकास गर्ने बताउनुभएको छ । मङ्गलबार पश्चिम नवलपरासी आउनुभएकी मन्त्री अर्यालले भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकन गर्दै लुम्बिनीसँग जोडेर रामग्रामको विकास गरिने बताउनुभएको हो ।