सडक भासिँदा कार र मोटरसाइकल पुरियो, दुई पुरुषको शव फेला
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा २ जनाको मृत्यु भएको छ भने कार र मोटरसाइकल नदीमा खसेको प्रहरीले जनाएको छ । मर्स्याङ्दी नदी किनारमा भेटिएका दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ