गण्डकीका मुख्यमन्त्री अधिकारीले दिए मन्त्रिपरिषद्लाई पूर्णता, ३ मन्त्री थप
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ३ नयाँ मन्त्रीको नियुक्तिसहित ७ सदस्यीय मन्त्रिपरिषद् बनाएका हुन् । यसअघि सोमबारको मन्त्रिपरिषद्ले गण्डकीमा ७ सदस्यीय मन्त्रिपरिषद बनाउने निर्णय गरेको थियो । अघिल्लो सरकारमा १२ मन्त्रालय थिए ।