पोखरा । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एकजनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।
उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै एकजनाको स्थिति अज्ञात छ । गोताखोर परिचालन गरेर शवको खोजी कार्य गरिएको प्रहरी उपरीक्षक केसीले बताए । सोमबार क्षतविक्षत अवस्थामा फेला परेका शवका टुक्रा एकै व्यक्तिको हो या होइन भन्ने यकिनका लागि डिएनए परीक्षण गर्न काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।