भरतपुर महानगरका जनप्रतिनिधिलाई आचारसंहिता
चितवन, भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरूको आचारसंहिता, २०७५ तयार पारेको छ । स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागू हुने महानगरले जनाएको छ । शनिबार सम्पन्न महानगरको कार्यपालिका बैठकले आचारसंहिता अनुमोदन गरेको छ । नगरसभाबाट अनुमोदनपश्चात् राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आउने महानगरका कानून अधिकृत