सांसद बस्नेतद्वारा स्ववासी ९८ परिवारलाई लालपुर्जा वितरण
भक्तपुर, सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गर्नुभएको छ । वडा कार्यालयले आज दधिकोटको चित्रपुरमा आयोजना गरेको लालपुर्जा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँले लालपुर्जाविहीन परिवारलाई लालपुर्जा वितरण गर्नुभएको हो