उम्मेदवारको प्रचार गर्ने सरकारी कर्मचारीलाई स्पष्टीकरण
किमाथाङ्का (सङ्खुवासभा) । निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्ने यहाँका सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ। तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल न्यौपानेले जानकारी दिए। दलका उम्मेदवारको सामाजिक सञ्जालमार्फत प्रचार गर्दै भोट मागेको