मौसम पूर्वानुमानः प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभावले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।