काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५४ जनामा गरिएको नमुना परीक्षणमा ४ जना कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै सोही समयमा २२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ६२२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



















