अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोड्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताए ।