काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आर्चायले नक्कली मोही बनेर जग्गा हिनामिनामा संलग्न देखिएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
दुवैजना २०५९ र २०६७ सालमा मोही बनेको देखिएको छ । योसँगै ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ।
यसअघि निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङलगायत २१ जना पक्राउ परेका थिए ।




















