काठमाडौँ । देशभर नै पानी परिरहेको छ भने कतिपय जिल्लामा ठूलो वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, बर्दिया, कैलाली आसपास भारी वर्षा भएको छ।
त्यसैले उक्त जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम देखिएको तथा राजमार्ग बन्द हुनसक्ने भएकाले यात्रा गर्दा सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।


















