लोकतन्त्रमा चुनौती आयो : सभापति देउवा
भक्तपुर, नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको बताउनुभएको छ । आज भक्तपुरको कौशलटारमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रको रक्षाका लागि सङ्घर्षका लागि तयार रहन निर्देशन दिनुभयो ।