बागमती प्रदेशका चार मन्त्रीको राजीनामा
हेटौंडा । बागमती प्रदेशका ४ जना मन्त्रीहरुले एकसाथ राजीनामा दिने भएका छन्। राजीनामा दिनेहरुमा युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।